सिंगापुरका म्यान्डोपप स्टार जेजेले हङकङमा प्रस्तुति दिने

सिंगापुरका म्यान्डोपप स्टार जेजेले हङकङमा प्रस्तुति दिने

सिंगापुरका गायक जेजे लिन हङकङको काइताक स्पोर्ट्स पार्कमा प्रस्तुति दिने पहिलो म्यान्डोपप कलाकार बन्ने तयारीमा छन् (वाइबो/जेजे लिन)


नेपालखबर
फागुन १९, २०८१ सोमबार १८:२७, हङकङ

सिंगापुरका गायक तथा गीतकार जेजे लिनले हङकङमा भर्खरै उद्‌घाटन भएको काइताक स्पोर्ट्स पार्कमा प्रस्तुति दिने भएका छन्।

यो सँगै यो रंगशालामा प्रस्तुति दिने उनी पहिलो म्यान्डोपप कलाकार बन्नेछन्।

लिनले मे महिनामा हुने कन्सर्टमा प्रस्तुति दिने भएका हुन्। मे २४ र २५ मा हुने उक्त कन्सर्टका टिकट यही मार्च २० बाट बिक्रीका लागि खुला हुँदैछन्। जसको मूल्य न्युनतम ३८० देखि १,६८० हङकङ डलरसम्म राखिएको छ।

आइतबार घोषणा गरिएका कन्सर्टहरू मेको २४ र २५ मा बेलुका ८ बजे सुरु हुनेछन्। काइताक रंगशालाको सिट क्षमता ५० हजार रहेको छ।

लिन यस वर्ष काइताक रंगशालामा प्रस्तुति दिने तय भएका स्टारहरूको लाइन-अपमा पछिल्लो थप हुन्।

यसअघि बेलायती रक ब्यान्ड कोल्डप्लेले अप्रिल ८, ९, ११ र १२ मा त्यहाँ प्रस्तुति दिनेछ। त्यस्तै, क्यान्टोपप स्टार निकोलस चे चिङ अप्रिल २४ देखि २६ को बीच स्टेजमा देखिनेछन्।

त्यस्तै, ताइवानका ‘म्यान्डोपप राजा’ भनेर चिनिने जय चाउले जुन २७ देखि २९ सम्म यहाँ तीन वटा कन्सर्टमा भाग लिनेछन्।

काइताक रंगशाला शनिबार साँझ भव्य समारोहका साथ उद्‌घाटन गरिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .