हङकङमा मंगलबार मेघगजर्नसहित वर्षा हुनसक्ने भविष्यवाणी गरिएको छ।
सोमबार मध्यान्ह १२ बजे विशेष मौसम बुलेटिन प्रकाशित गर्दै अब्जर्भेटरीले उक्त जानकारी गराएको हो।
वर्षासँगै आँधीबेहरी पनि चल्ने सक्ने भन्दै अब्जर्भेटरीले भोलि घरबाहिर निस्कनुभन्दा पहिले पछिल्लो मौसम बुलेटिन हेर्न सचेत गराएको छ।
‘मंगलबार मध्यराततिर पर्ल नदीको मुहान वरपर मौसम अस्थिर हुन सक्छ,’ बुलेटिनमा भनिएको छ, ‘फलस्वरुप यस वर्षको पहिले वर्षा मंगलबार हुनेछ र आँधीबेहरी पनि आउन सक्छ।’
यसका साथै, उत्तरपूर्वी मनसुन र यसको प्रभावमा आगामी केही दिन सहरको तापक्रम क्रमश: घट्ने पनि पूर्वानुमानकर्ताले जनाएका छन्।
अब्जर्भेटरीले जनाएअनुसार सोमबारको न्युनतम तथा अधिकतम तापक्रम २१ देखि २७ डिग्री सेल्सियस अनुमान गरिएको छ।
अब्जर्भेटरीले जारी गरेको ९ दिने मौसम बुलेटिनमा मंगलबारदेखि शुक्रबारसम्म वर्षा हुनेछ। बुधबारदेखि घट्दै जाने तापक्रम शुक्रबार १३ डिग्री सेल्सियससम्म पुग्न सक्छ।
Shares

प्रतिक्रिया