हङकङको एक सार्वजनिक आवासको पार्किङ सामूहिक यौन सम्पर्क गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
मंगलबार राति यौन क्रियाकलापको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
पक्रा पर्नेमा १६ र १८ वर्षका दुई किशोर तथा १६ वर्षीया एक किशोरी छन्।
सञ्जालमा प्रसारित भिडिओमा अर्धनग्न उनीहरू तिनसुइ वाईस्थित तिनयाट स्टेटमा रहेको कार पार्किङमा यौन गतिविधिमा संलग्न भएका देखिन्छन्। जसमा एक जना भ्यापिङ पनि गरिरहेको देखिन्छ।
भिडिओमा कुनै एक व्यक्तिले ‘यो होटल होइन’ भन्दै उनीहरूलाई उक्त कार्य रोक्नका लागि चिच्याइरहेको सुनिन्छ। तर, उनीहरूले वास्ता गर्दैनन्।
घोप्टो परेर सुतिरहेको किशोरी होसमा छन् कि छैनन् भनेर पनि ती व्यक्तिले चासो देखाएको पाइन्छ। उनीहरू सबै लागू पदार्थको नशामा भएको उनलाई लाग्छ।
क्रियाकलाप रोक्न गरेको आग्रह बेवास्ता गरेपछि ती व्यक्तिले प्रहरी बोलाएको बताउँछन्। यसपछि मात्र दुई किशोर पाइन्ट माथि तान्छन्। यसपछि भिडिओ सकिन्छ।
स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार, सावर्जनिक शिष्टाचारलाई उल्लंघन गरेको आशंका तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पुरुषहरूको घरमा छापा मारी लागु पदार्थ बरामद गरिएको समेत जनाएको छ। उनीहरू थप अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन्।
Shares

प्रतिक्रिया