हङकङका बीएन(ओ) पासपोर्ट बाहकलाई बेलायत यात्रामा ईटीए छुट, यस्तो छ मापदण्ड

हङकङका बीएन(ओ) पासपोर्ट बाहकलाई बेलायत यात्रामा ईटीए छुट, यस्तो छ मापदण्ड

बेलायत यात्रा गर्ने योजनामा ​​रहेका योग्य गैर-युरोपेली नागरिकले आफ्नो यात्राअघि अनिवार्य ईटीए प्राप्त गर्नुपर्ने नियम जनवरीदेखि लागू भएको छ (रोयटर्स)


नेपालखबर
फागुन २५, २०८१ आइतबार १५:५४, हङकङ

संयुक्त अधिराज्य (यूके)ले यसै वर्षको सुरुआतबाट हङकङ लगायत ४८ देश तथा स्थानका विदेशीले बेलायत यात्रा गर्नुअघि इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) अनिवार्य गर्‍यो।

जनवरी ८ देखि लागू गरिएको उक्त नियममा हङकङसहित इजरायल, जापान, कतार, अर्जेन्टिना, अस्ट्रेलिया, बहराइन, ब्राजिल, ब्रुनाई, क्यानडा, चिली, कुवेत, ओमान, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया लगायतका देश समेटिए।

दुई वर्षको लागि मान्य हुनेगरी बनाइएको ईटीएसम्बन्धी नियममा लागू भएको २ महिनापछि हङकङका बीएन(ओ) पासपोर्ट बाहकहरूलाई भने छुट मिल्ने भएको छ।

यूकेका आप्रवासन तथा नागरिकता मन्त्री सीमा मल्होत्राले गृह कार्यालयलाई लेखेको पत्रमार्फत यो विषय बाहिर आएको हो। उनले पत्रमा ‘सकेसम्म चाँडो’ अध्यामन नियम संशोधन गर्ने बताएकी छन्।

‘यो निर्णय बेलायतसँग बीएन(ओ) समुदायको घनिष्ठ सम्बन्ध, उनीहरूप्रति गरिएको ऐतिहासिक प्रतिबद्धता, राहदानी भएका बेलायती नागरिकहरू जस्तै बेलायतले यसअघि उनीहरूको यात्रा कागजात जारी गरेको तथ्यका आधारमा गरिएको हो,’ मल्होत्राले मार्च ३ मा हाउस अफ लर्ड्सका सदस्य डेभिड अल्टनलाई लेखेको पत्रलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

पत्रमा मल्होत्राले बेलायतले बीएन(ओ) राहदानी जारी गरेको हुनाले यसमा व्यक्तिको पहिचानको ‘उच्चस्तरको निश्चितता’ रहेको बताएकी छन्।

गृह कार्यालयले चाँडै नै अध्यागमन नियमहरू संशोधन गर्ने र दुरुपयोग भएको कुनै प्रमाण भेटिएमा छुटलाई समीक्षा गरिने संशोधिन नियममा समेटिँदैछ।

यो छुट बीएन(ओ) भिसासहित पहिले नै बेलायतको आप्रवासन स्थिति भएका व्यक्तिहरूमा लागू हुनेछ।

बेलायतको सीमा सुरक्षालाई सुदृढ पार्न र बेलायतलाई खतरामा पार्नेहरूको आगमनलाई रोक्न ईटीए लागू गरिएको बेलायतको दाबी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .