चीनको हाङजाउबाट हङकङका लागि उडेको विमानमा आगलागी भएको छ।
हाङजाउ सिउओशान अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको हङकङ एयरलाइन्सको एचएक्स११५ को उडानकै क्रममा आगो लागेको हो।
ओभरहेड लगेजमा आगो लागेपछि विमानलाई फुजाउ चाङ्गल अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
विमान रनवे ०३ मा सुरक्षित अवतरण गरेको थियो। विमानमा लागेको आगो चालक दलका सदस्यले नियन्त्रणमा लिएका थिए।
विमान फुजाउमा अवतरण भएपछि यात्रुलाई आपत्कालीन सिँढीबाट बाहिर निकालिएको थियो।
2.3k
Shares

प्रतिक्रिया