बेलायतको हिथ्रो विमानस्थल नजिकै विद्युतीय सवस्टेसनमा ठूलो आगलागी भएपछि हङकङ-हिथ्रो उडान रद्द भएका छन्।
आगलागीका कारण विमानस्थल बन्द गरिएका कारण उडान रद्द गर्नुपरेको हो।
जसमा शुक्रबारका लागि तय भएका क्याथे प्यासिफिक र अन्य एयरवेजका उडान रद्द भएका हुन्। त्यस्तै, हिथ्रोबाट हङकङ आउने उडान पनि रद्द भएका एयरलाइन्सले जनाएको छ।
विमानस्थल प्राधिकरणको वेबसाइटका अनुसार, शुक्रबार हङकङबाट हिथ्रोका लागि ६ उडान तय गरिएका थिए। यीमध्ये पाँच वटा क्याथे प्यासिफिकद्वारा सञ्चालित हुन् भने एउटा ब्रिटिस एयरवेजको हो।
क्याथेका प्रवक्ताले बताएअनुसार एयरलाइन्सले क्याथेका सीएक्स२३९ र सीएक्स२५३ उडान रद्द गरेको हो। जुन हङकङ समयअनुसार क्रमश: बिहान १०:३५ र दिउँसो १:३० मा सहरबाट प्रस्थान गर्ने तालिका थियो।
यस्तै, स्रोतले जानकारी दिएअनुसार बिहान ८:१० बजे हिथ्रोका लागि प्रस्थान गरेको सीएक्स२५७ हङकङ फर्किएको थियो भने सीएक्स२५५ लाई एम्स्टर्डम डाइभर्ट गरिएको थियो।
Shares

प्रतिक्रिया