हङकङमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, अब भीड गर्न नपाइने

हङकङमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, अब भीड गर्न नपाइने

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १२:४८,

शुक्रबार हङकङमा ६५ जना कोरोना संक्रमित थपिएका हुन्। यो संख्या कोरोना संक्रमणको तथ्यांक राखेयताकै बढी भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यससँगै हङकङमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ सय १८ पुगेको छ। त्यहाँ ४ जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमित बढ्ने क्रम नरोकिएपछि शुक्रबार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले अब हङकङमा भीड गर्न नपाइने घोषणा गरेकी छिन्।

सरकारले शुक्रबार भनेअनुसार हङकङमा अब जुनसुकै स्थानमा चारभन्दा बढी मानिस जम्मा हुन पाइने छैन।

होटल तथा रेस्टुरेन्टको टेबलमा पनि ४ जनामात्र मानिस बस्न पाउनेछन्। रेस्टुरेन्ट र होटलका हरेक टेबल १.५ मिटर फरकमा राखिनु पर्नेछ।

यस्तै सरकारले शुक्रबार नै धेरै मानिसहरु जम्मा हुने स्थानः गेमिङ सेन्टर, साउना, पुल हल, फिटनेस सेन्टर, सिनेमा घर, पार्टी रुमहरु दुईहप्ताको लागि बन्द गर्ने पनि घोषणा गरेको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .