कोरोना सामना गर्न नेपाललाई मास्क पठाउँदै एनआरएनए मकाउ

कोरोना सामना गर्न नेपाललाई मास्क पठाउँदै एनआरएनए मकाउ

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १६:३२,

गैरआवासीय नेपाली संघ मकाउले कोरोनाविरुद्ध नेपालका लागि सहयोग अभियान चलाएको छ। एनआरएनए मकाउले मकाउमा रहेका नेपाली र स्थानीय अन्य संघसंस्थालाई समेत सहयोगका लागि आग्रह गरेको छ। .

सहयोग जुटाउने क्रममा मकाउ नेप्लिज बडीबिल्डिङ र फिटनेस एसोसिएशन, एनसीसी मकाउ स्पोर्ट्स प्रमुख र एनआरएन स्पोर्ट्स एकेडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन, बाबा भाई, लेइ वाई सान र ब्रोदरहुड एसोसिएसन मकाउका अध्यक्ष बम लिम्बुबाट ७ हजार सर्जिकल मास्कका लागि सहयोग प्राप्त गरेको एनआरएनए मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए।

नेपालमा सर्वसाधारण सँगै अस्पतालका चिकित्सकहरूका लागि समेत सर्जिकल मास्क पर्याप्त नभएको खबर आएपछि सानो भएपनि सहयोग होस् भनेर यो अभियान चलाइएको गुरुङले जनाए।

‘हामी यो अभियानबाट जुटेको सहयोग समयमै नेपाल पठाउने तयारीमा छौं’, गुरुङले भने।

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ कोरोना प्रकोप सामना गरेर विस्तारै सामान्य अवस्थामा आउने क्रममा छ। एशियाको लासभेगस भनेर चिनिने यो नगर क्यासिनो व्यवसायका लागि प्रख्यात छ।

कोरोना प्रकोपले गर्दा पर्यटन र होटल व्यवसाय बन्द हुँदा क्यासिनोहरू बन्द भएका थिए। जसले गर्दा ती होटल क्यासिनोमा काम गर्ने नेपाली समेत अप्ठेरोमा परे।

मकाउमा करिब चार हजार नेपालीले रोजगारी गर्छन्, जो अधिकांश होटल क्यासिनो क्षेत्रमा छन्। 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .