हङकङका निर्माणस्थलमा लामो समयदेखि स्काफोल्डिङ निर्माणमा बाँसको प्रयोग हुँदै आइरहेको छ। पछिल्ला समय भने स्काफोल्डिङ निर्माण तथा भत्काउने क्रममा दुर्घटना बढेसँगै यसलाई बाँसबाट धातुमा स्थानान्तरण गरिने भएको छ।
सरकारको यो निर्णयसँगै यस क्षेत्रका विज्ञहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बाँस विशेषज्ञहरू पुरानो विधि हराउनेमा चिन्तित देखिन्छन् भने स्थानान्तरणको पक्षधरहरू सुरक्षाको दृष्टिकोणले यसो गर्नुपर्ने तर्क गर्छन्।
केही महिनाअघिदेखि यो बहस सतहमा आएको हो। यसैबीच सरकारले अबका नयाँ टेन्डरमा धातुको स्काफोल्डिङ प्रयोग गर्नुपर्ने नियम ल्याएको छ।
२१ मार्चदेखि नयाँ भवन निर्माणको लागि टेन्डर गरिएका सार्वजनिक निर्माणका ठेक्कामा धातुको स्काफोल्डिङ प्रयोग गर्नुपर्ने गरी विकास ब्युरोले घोषणा गरेको हो।
ब्युरोको यस्तो निर्णयसँगै सन् २००० मा मुख्यभूमि चीनबाट आई बाँसको क्षेत्रमा काम गरिरहेका बाँस स्काफोल्डिङ विशेषज्ञ हो पिङ आफूले गरेका बाँसका कामको सम्झना गरे।
जसमा पश्चिम काउलुनमा रहेको अन्तर्राष्ट्रिय वाणिज्य केन्द्र तथा सहरकै अग्लो भवन वानचाइस्थित हङकङ कन्भेन्सन एन्ड एक्जिविसन सेन्टर र मार्चको सुरुमा खोलिएको काइताक रंगशाला थिए।
‘मैले बाँसको स्काफोल्डिङका लागि धेरै रगत पसिना बगाएको छु,’ हङकङ तथा काउलुन बाँस स्काफोल्डिङ कामदार संघ (तुङकिङ)का अध्यक्ष होले भने।
पुस्तौँ पुस्तादेखि हस्तान्तरण गरिएका यस खालका प्रविधिको प्रयोग गरेर निर्माणस्थलमा बाँसका बलिया स्काफोल्डिङ बनाउने र भत्काउने काममा सहरमा दर्ता भएका दशौँ हजार कम्पनीका दक्ष जनशक्ति रहेको उनले बताए।
पछिल्ला घटनाहरूलाई लिएर सुरक्षाको चिन्ता देखाउँदै बाँसलाई धातुमा लैजाँदा परम्परागत विधि हराउनेमा उनी चिन्तित देखिन्छन्।
Shares

प्रतिक्रिया