हङकङका पहिलो अन्तरिक्ष यात्री अर्को वर्ष अन्तरिक्ष अभियानमा सामेल हुने

हङकङका पहिलो अन्तरिक्ष यात्री अर्को वर्ष अन्तरिक्ष अभियानमा सामेल हुने

हङकङमा भएको इनोटेक एक्स्पोमा चिनियाँ अन्तरिक्ष यात्रीले प्रयोग गर्ने उपकरण अवलोकन गर्दै सहभागी (एससीएमपी)


नेपालखबर
बैशाख १०, २०८२ बुधबार १३:१४, हङकङ

चीनको अन्तरिक्ष कार्यक्रममा हङकङको पहिलो अन्तरिक्ष यात्रीले अर्को वर्षको सुरुमै मिसनहरूमा सेवा दिन सुरु गर्न सक्ने चिनियाँ राष्ट्रिय एजेन्सीले जनाएको छ।

चीन मानव अन्तरिक्ष एजेन्सीले गत वर्ष जुनमा अन्तरिक्ष यात्रीहरूको चौथो ब्याचको रूपमा हङकङरलाई छनोट गरेको थियो। अन्तरिक्ष यात्रीहरूको पछिल्लो समूहमा छनोट गरिएका १० जनामध्ये स्थानीय विशेषज्ञ र मकाउका अर्का एक जना पनि थिए।

‘अगस्ट २०२४ मा चौथो ब्याचको अन्तरिक्ष यात्री टोलीमा सामेल भएदेखि उनीहरूले योजनाअनुसारका तालिम लिएका छन्। उदाहरणका लागि, आधारभूत अन्तरिक्ष उडान सिद्धान्त, मनोविज्ञान, अन्तरिक्ष वातावरण अनुकूलन, आदि,’ एजेन्सीका उपमहानिर्देशक लिन सिकियाङले बुधबार पत्रकार सम्मेलनमा भने, ‘टोलीमा सामेल भएपछि हङकङ र मकाउका अन्तरिक्ष यात्री काम गर्ने र बस्ने वातावरणमा छिट्टै अनुकूलन भएका छन्, चालक दलमा छिटो एकीकृत भएका छन् र धेरै कडा तालिम लिएका छन्।’

उनीहरूको काम सहज रूपमा अगाडि बढिरहेको र उनीहरूले अहिले व्यावसायिक अन्तरिक्ष प्रविधिको अध्ययन तथा तालिम लिइरहेको उनले बताए।

पेलोड विशेषज्ञहरूको रूपमा हङकङ र मकाउका अन्तरिक्ष यात्रीले २०२६ मा आफ्नो पहिलो मिसन पूरा गर्ने अपेक्षा गरिएको समेत सिकियाङले उक्त अवसरमा खुलासा गरे।

पेलोड विशेषज्ञ पदका लागि विज्ञान वा इन्जिनियरिङमा बलियो पृष्ठभूमि आवश्यक पर्दछ। यसमा अत्यधिक जटिल वा वर्गीकृत अन-बोर्ड उपकरण र कार्यहरूको निरीक्षण समावेश हुन्छ।

अक्टोबर २०२२ मा, अन्तरिक्ष एजेन्सीले आफ्नो चौथो अन्तरिक्ष यात्रा प्रवेशका लागि दुई पेलोड विशेषज्ञको खोजी गरेको थियो। जसका लागि पहिलो पटक हङकङ र मकाउमा भर्ती विस्तार गरिएको थियो।

तीन हप्ताको समयसीमा राखिएको भर्ती अभियानमा १४ स्थान तोकिएका थिए। हङकङका नवप्रवर्तन तथा प्रविधि मन्त्रीका अनुसार त्यतिबेला यो पदका लागि १२० आवेदन परेका थिए।

जसमध्ये ८० योग्य उम्मेदवारमध्येबाट एक प्रहरी अधिकारी र डक्टरेट उपाधि प्राप्त एक प्रमुख निरीक्षक छनोट भएका थिए।

उत्तरपूर्वी चीनको गोबी मरुभूमिमा रहेको जिक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रमा गरिएको बुधबारको पत्रकार सम्मेलनमा एजेन्सीले शेन्जाउ-२० अन्तरिक्ष उडान मिसनको बारेमा समेत घोषणा गरेको थियो। जसको विवरण बिहीबार सावर्जनिक गरिने बताइएको थियो।

एजेन्सीका अनुसार, मिसनको उद्देश्य चालक दलसँगै घुम्ने, अन्तरिक्ष विज्ञान प्रयोग गर्ने र एक्स्ट्राभेहिकुलर एक्टिभिटी (ईभीए) सँग सम्बन्धित छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .