हङकङमा दिलमाया च्यारिटी साँझ, बादलसहित आधा दर्जन कलाकारले झुमाए दर्शक

हङकङमा दिलमाया च्यारिटी साँझ, बादलसहित आधा दर्जन कलाकारले झुमाए दर्शक

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १७:१३, हङकङ

हङकङमा दिलमाया मेमोरियल फाउन्डेसनको अक्षयकोष स्थापनार्थ ‘दिलमाया च्यारिटी सांगीतिक साँझ’ सम्पन्न भएको छ।

इस्टर होलिडे तथा नेपाली नयाँ वर्षको अवसर पारेर आइतबार जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायक बादल लिम्बूले आफ्ना चर्चित गीतहरू गाएर दर्शक नचाएका थिए।

लिम्बूले ‘मैले मायाले दिएको चिनो’, ‘मैले जसको हातमा जिन्दगी राखेँ’, ‘डुब्दै गएँ म’ लगायत चर्चित गीतहरू गाएर दर्शक झुमाएका थिए।

कार्यक्रममा लिम्बूसँगै नेपालबाट आएका गायिकाहरू दीपा सुहाङ, सुनिता थेगिम र भूमिका फियाकले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए।

फाउन्डेसनको अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा युवा प्रतिभा प्रोत्साहनस्वरुप ६ जना युवालाई सम्मान गरिएको थियो।

जसमा कवि तथा लेखक जुनु दिव्य रानालाई ‘साहित्य तथा सामाजिक प्रभावमा उत्कृष्टता पुरस्कार– २०२५’, सञ्चारकर्मी अनोज रोक्कालाई ‘पत्रकारिता तथा सञ्चार पुरस्कार–२०२५’, संस्कृति अभियन्ता चापेता सेर्मालाई ‘परोपकारी उत्कृष्टता पुरस्कार–२०२५’, व्यवसायी अभिषेक बराललाई ‘युवा उद्यमशीलता पुरस्कार–२०२५’ र संगीतकर्मी साक्थिम योङ्यालाई ‘म्युजिक अवार्ड–२०२५’ द्वारा सम्मान गरिएको थियो।

मौसम इम्बुङ (फुलेन्देको बाउ)ले औपचारिक सेसनको उद्‌घोषण गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खुशी तावा लिम्बूले गरेका थिए भने प्रमुख अतिथि याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ र विशिष्ट अतिथि एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल रहेका थिए।

दिलमाया फाउन्डेसन सन् २०१७ मा बेलायतमा स्थापना भएको हो।

स्व. दिलमाया लिङ्देनको स्मृतिमा स्थापित यस फाउन्डेसनले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .