बिहीबार दिउँसो साढे १२ बजे हङकङको पश्चिम काउलुन राजमार्ग बस दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन्।
विमानस्थलतर्फ जाँदै गरेको बस चेङसा वानको होइ लाई स्टेट नजिकैको चोकमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा आठ महिला र आठ पुरुष घाइते भएका छन्। जसमा बसका चालक पनि छन्।
सामाजिक सञ्जालमा प्रसारित सामग्रीमा सिटीबसको उक्त बस पानीको अवरोधमा ठोक्किएको देखिन्छ। घटनास्थलमा तीन दमकलसहित आपत्कालीन कर्मचारी खटिएका छन्।
दुर्घटनाका कारण होइलाई स्टेट नजिकै क्वाइचुङ जाने लेनको केही भाग बन्द गरिएको यातायात विभागले जनाएको छ। स्टोनकटर्स ब्रिज जाने चिङशास्थित राजमार्गको स्लिप रोड पनि बन्द गरिएको छ।
264
Shares

प्रतिक्रिया