हङकङको पूर्वी रेल लाइन प्लेटफर्महरूमा आज (आइतबार) बिहान यात्रुको भीड लाग्न पुग्यो।
यान्त्रिक गडबडीका कारण एडमिरल्टी र लो वु मा चाउबीच चल्ने रेलहरूमा १० देखि १५ मिनेट ढिलाइ हुन पुग्दा त्यसको असर प्लेटफर्महरूमा देखिएको हो।
आइतबार बिहान साढे ११ बजे एमटीआरले यातायात विभागलाई पूर्वी रेल लाइनमा सेवा अवरुद्ध भएको रिपोर्ट गरेको थियो।
रेलवे अपरेटरले ताइपो मार्केट स्टेसन नजिकैको रेलबाट यान्त्रिक गडबडी पत्ता लगाएको रिपोर्ट विभागमा गरिएको थियो। उक्त रेलमा यात्रारत प्रभावित यात्रुलाई अर्को रेलमा स्थानान्तरण गर्दा नियमित समय तलमाथि हुन पुगेको थियो।
अहिले उक्त लाइनमा सेवा समान्य भइसकेको छ।
99
Shares

प्रतिक्रिया