हङकङमा अस्पतालबाट कोरोनाको संक्रमण भएको आशंकापछि अनुसन्धान हुँदै

हङकङमा अस्पतालबाट कोरोनाको संक्रमण भएको आशंकापछि अनुसन्धान हुँदै

नेपालखबर
चैत २२, २०७६ शनिबार १२:६,

हङकङमा युन लङस्थित अस्पतालबाट कोरोना भाइरसको संक्रमण भएको आशंकापछि सरकारले यस विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ।

गत मार्च १० मा एक ९३ वर्षका वृद्ध मुटुमा समस्या आएपछि पोक ओइ अस्पताल भर्ना भएको थिए। पहिले उनमा कोरोनाको संक्रमण थिएन।

तर यतिबेला भने वृद्धमा कोरोनाको संक्रमण पुष्टि भएको छ। यसबीचमा वृद्धमा अस्पतालबाट कोरोनाको संक्रमण भएको भनेर विभिन्न शंका र उपशंकाहरु पैदा भएका छन्।

मानिसहरुले आशंका व्यक्त गरेसँगै सरकारले सरकारी स्वास्थ्य अधिकारीलाई यस विषयमा तत्काल अनुसन्धान गर्न आदेश दिएको छ। हाल अनुसन्धान भइरहेको एससीएमपीले जनाएको छ।

यसैबीच हङकङमा कोरोना संक्रमितको संख्या ८६३ पुगेको छ। शनिबार नयाँ १७ संक्रमित थपिएका हुन्। हालसम्म कोरोनाका कारण हङकङमा ४ जनाको मृत्यु भइसकेको छ।

हङकङले कोरोना रोकथाम गर्न होटल, जिम हल, नाइटक्लब, ब्युटि पार्लर, सिनेमा घर बन्द गरिदिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .