हङकङमा कोरोना संक्रमितको संख्या ८ सय ९०, सरकारलाई लामो समय लकडाउन गर्न सुझाव

हङकङमा कोरोना संक्रमितको संख्या ८ सय ९०, सरकारलाई लामो समय लकडाउन गर्न सुझाव

नेपालखबर
चैत २३, २०७६ आइतबार ११:४,

आइतबार २८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या बढेको हो।

विश्वका एक सय ९० भन्दा बढी मुलुकमा फैलिएको कोरोना महामारीका कारण हङकङमा हालसम्म ४ जनाको मृत्यु भएको छ।

हालै हङकङमा संक्रमित हुनेमा ६ हप्ता अगाडि आमा बनेकी एक महिला पनि छिन्।

यसैबीच हङकङका महामारीविज्ञ तथा सरकारका विशेष सल्लाहकार बर्नार्ड चानले हङकङ सरकारले लामो समय शहर लकडाउन गर्नुपर्ने सुझाव दिएका छन्।

Coronavirus: Hong Kong may have to impose wider lockdown ...

बर्नार्ड चान

कोरोना प्रकोप बिकराल बन्ने खतरा भएकाले लामो समय लकडाउन गरिए हङकङलाई कोरोना प्रकोपबाट जोगाउन सकिने उनले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हाल विश्वभर १२ लाख १४ हजार ४८७ कोरोना संक्रमित छन्। ६५ हजार ६०५ को मृत्यु भइसक्दा २ लाख ५३ हजार ६२६ उपचारपछि स्वस्थ भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .