हङकङ : फ्ल्याटमा आगलागी हुँदा १ जनाको गयो ज्यान, मृत्यु हुने पत्रकार

हङकङ : फ्ल्याटमा आगलागी हुँदा १ जनाको गयो ज्यान, मृत्यु हुने पत्रकार

नेपालखबर
असार १९, २०८२ बिहिबार १६:५५, हङकङ

बिहीबार बिहान हङकङको एक फ्ल्याटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। सामसुई पोमा भएको आगलागीमा ६० जना सकुशल बाहिर निस्कँदा एक जनाको मृत्यु हुन पुगेको हो।

६० जनामध्ये ५८ जना आफैँ सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए भने २ जनाको उद्धार गरिएको थियो।

आगलागीको कारणबारे यथार्थ विवरण आइसकेको छैन। यद्यपि, चार्जिङ लिथियम क्यामेरा ब्याट्रीबाट सर्ट सर्किट हुँदा आगलागी भएको संकेत देखिएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

आगलागीबाट मृत्यु हुने ४१ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट खुल्न आएअनुसार उनी भाग्न खोज्दा उचाइबाट खसेको हुन सक्ने देखाएको छ।

त्यस्तै, साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार मृतक टिभीबीको समाचार विभागका क्यामेरा पर्सन हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .