मङ्गलबार दिउँसो हङकङको चिमसा चोईस्थित निर्माण क्षेत्रमा बम भेटिएको हल्ला फैलिएपछि वातावरण एकाएक त्रासदीपूर्ण बन्यो। दिउँसो सवा १२ बजे पूर्वी चिमसा चोईको अर्बन काउन्सिल सेन्टेनरी गार्डेनको पश्चिम क्षेत्रनजिकैको मोडी रोडमा उक्त शंकास्पद वस्तु भेटिएको थियो।
शंकास्पद वस्तु देखिएपछि निर्माणस्थलमा कार्यरत ४० जना कामदारलाई बाहिर निकालियो। साथै, घटनास्थलमा विस्फोटक अर्डनेन्स डिस्पोजल टोली पुग्यो।

टोलीले डिस्पोज गरिसकेपछि भने उक्त वस्तु बम नभई तोपको नाल भएको पुष्टि भएको थियो।
१५ सेन्टिमिटर व्यास र लगभग ४ मिटर लम्बाइको उक्त ब्रिटिस तोपको नाल ३ मिटर जमिनमुनि गडेको अवस्थामा भेटिएको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
18
Shares

प्रतिक्रिया