हङकङको एक निर्माणस्थलमा फलामको बिम खस्दा एक जना कामदारको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
हङकङसँग मुख्यभूमि चीन र मकाउलाई जोड्ने हङकङ-झुहाई-मकाउ पुलको सीमापार नजिकै रहेको निर्माणस्थलमा उक्त दुर्घटना भएको हो। जुन कृत्रिम टापुमा अवस्थित सुन वुई रोडमा पर्दछ।
बिहीबार दिउँसो करिब २ बजे निर्माणस्थलमा बिम खसेर दुई जना कामदारलाई लागेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

घाइते दुघ जनामध्ये एकको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको छ भने अर्कोलाई उपचारार्थ उत्तरी लान्ताउ अस्पताल लगिएको छ। घाइते कामदारको नाडी र काँधमा चोट लागेको छ।
घटनाको समयमा हङकङमा रातो वर्षाको संकेत लागू भएको थियो। उष्णकटिबन्धीय चक्रवात डानास सहर नजिक आउँदा सहरमा यो संकेत लागू भएको थियो।
915
Shares

प्रतिक्रिया