हङकङमा अर्को महिना साउदी सुपर कप आयोजना हुँदैछ। अगस्ट १९ बाट हुने यो प्रतियोगिता पूर्वी एसियाली सहरमा पहिलो पटक आयोजना हुन लागेको हो।
इतिहास रच्ने तयारीमा रहेको हङकङले प्रतियोगिताका लागि यही जुलाई १५, मंगलबारदेखि टिकट बिक्री खुला गर्दैछ। जसको टिकट दर ४९९ हङकङ डलरदेखि २९९० हङकङ डलरसम्म राखिएको छ।
उच्च-प्रोफाइल यस फुटबल प्रतियोगितालाई हङकङ, चीनको फुटबल संघ (एचकेएफए) र साउदी अरेबियन फुटबल महासंघ (एसएफफ) ले समर्थन गरेका छन्।
प्रतियोगितामा अल नासरका क्रिस्टियानो रोनाल्डो र अल इत्तिहादका करिम बेन्जेमा सहित विश्वका प्रसिद्ध फुटबल स्टारहरूको प्रदर्शनी रहनेछन्।
उत्सुकतापूर्वक प्रतीक्षा गरिएको यस प्रतियोगिताको टिकट मूल्य आज आयोजक सम केएम स्पोर्टद्वारा घोषणा गरिएको हो। जहाँ सामान्य प्रवेशको लागि ४९९ हङकङ डलरदेखि सुरु भएर प्रिमियम सिटको लागि २,९९० हङकङ डलर कायम गरिएको छ।
मंगलबार दिउँसोदेखि बिक्री वितरण सुरु गरिने टिकट क्लुक प्लेटफर्ममार्फत खरिदका लागि उपलब्ध हुनेछन्। प्रतियोगितामा स्टार खेलाडीहरूको उपस्थिति रहने हुँदा टिकट माग उच्च रहने अनुमान आयोजकको छ।
प्रतियोगिता अगस्ट १९ मा एक रोमाञ्चक उद्घाटन खेलबाट सुरु हुनेछ जहाँ रोनाल्डोको अल नासरले बेन्जेमाको अल इत्तिहादसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, उद्घाटन खेलको भोलिपल्ट, अल कादसियाहले अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ।
यी खेलका विजेताहरू अगस्ट २३ मा च्याम्पियनसिप फाइनलमा पुग्नेछन्।
Shares

प्रतिक्रिया