हङकङको सार्वजनिक फ्ल्याटमा आगलागी, १ जनाको मृत्यु, ३ घाइते

हङकङको सार्वजनिक फ्ल्याटमा आगलागी, १ जनाको मृत्यु, ३ घाइते

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:११, हङकङ

सोमबार बिहान हङकङको क्वाइचुङको लाइकिङ स्टेटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

ओकिङ हाउसको तेस्रो तलाको एकाइमा आगलागी हुँदा ७८ वर्षीय वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

दमकल सेवा विभागका सहायक डिभिजनल अधिकारी वोङ चेकलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार मृतकलाई अग्नि नियन्त्रकको टोलीले उनकै ओछ्यानमा मृत फेला पारेको थियो। उनी तेस्रो तल्लाको यस फ्ल्याटमा एक्लै बस्दै आएका थिए।

वोङले उक्त फ्ल्याट केही अव्यवस्थित रहेको तर आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको बताए।

झन्डै ६ मिटर लम्बाइसम्म फैलिएको आगो मृतकको ओछ्यान नजिकैबाट सुरु भएको अधिकारीहरूको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अग्नि नियन्त्रकहरूले भवनबाट एक पुरुष र दुई महिलालाई उद्धार गरेका थिए। उनीहरूको धुवाँले निस्सासिएको अवस्थामा उद्धार गरिएको हो।

तीन जनामध्ये एक पुरुष र महिलालाई अस्पताल लगिएको थियो भने तेस्रो व्यक्तिलाई सामान्य स्वास्थ्य जाँचपछि अस्पताल जानु नपर्ने निष्कर्ष निकालिएको थियो।

घटनापछि भवनका ६० जना बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

बिहान ५ बजेतिर लागेको आगो निभाउन घटनास्थलमा १४ वटा दमकल, ६ वटा एम्बुलेन्स र ८१ जना अग्निनियन्त्रक तथा प्यारामेडिक्सको टोली खटिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .