हङकङको टाइफुन आश्रयस्थलमा आगलागी

हङकङको टाइफुन आश्रयस्थलमा आगलागी

एउटा स्पिडबोटबाट सुरु भएको आगो अन्य दुई डुङ्गामा समेत फैलिएको थियो (केबल टिभी न्युज)


नेपालखबर
साउन ४, २०८२ आइतबार ११:५५, हङकङ

आइतबार बिहान हङकङको कजवे बे टाइफुन आश्रयस्थलमा रहेको एउटा स्पिडबोटमा आगो लागेको छ।

साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार समुद्री प्रहरी र अग्निनियन्त्रकहरूले आगलागी प्रभावित ५ जनाको उद्धार गरेका छन्। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन।

उद्धार गरिएका पाँचै जनालाई कुनै चोटपटक नभएका कारण अस्पताल भर्ना गर्नु परेन।

हङकङ अब्जर्भेटरीले गएराति १२:२० बजे नम्बर ८ टाइफुन संकेत जारी गरेको झन्डै ३ घण्टापछि बिहान पौने ४ बजे बजे बोटमा आगो लागेको खबर प्रहरीले प्राप्त गरेको हो।

आइतबार बिहान ९:२० अब्जर्भेटरीले १० नम्बर आँधीको संकेत जारी गरिसकेको छ। आँधीका कारण हङकङका धेरै उडान प्रभावित भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .