नेपाली महावाणिज्य दूतावास हङकङले मकाउ र हङकङमा रहेका नेपाली समुदायसँग सम्बन्धित संघसंस्थालाई महावाणिज्यदूतावासमा दर्ताका लागि बोलाएको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै महावाणिज्य दूतावासले आगामी भदौ ११ (२७ अगस्ट) सम्म आवश्यक कागजातसहित आफ्नो संस्था दर्ता गराउन भनेको हो। सूचनाअनुसार, इमेलमार्फत कागजात पठाएर पनि दर्ता गराउन सकिनेछ।
समुदायसँग सम्बन्धित संघसंस्थाका क्रियाकलापलाई प्रभावकारी परिचालनको माध्यमबाट नेपाली समुदायको हकहित संरक्षण तथा प्रवर्द्धन गर्न संस्था दर्ता गर्नुपरेको महावाणिज्यदूतासले भनेको छ। साथै, यसका लागि संघसंस्थाको विवरण अद्यावधिक गर्नुपर्ने भएकोले दर्ता गर्नुपर्ने प्रस्टयाएको छ।
महावाणिज्य दूतावासमा दर्ता नभएका संघसंस्थालाई भविष्यमा कुनै सिफारिस गर्नुपर्दा अप्ठेरो पर्न सक्नेतर्फ पनि दूतावासले औँल्याएको छ। सूचनामा भनिएको छ, ‘भविष्यमा संघसंस्थाका लागि कुनै पनि सिफारिस गर्नुपर्दा संस्था दर्तालाई आधार मानेर सिफारिस गरिनेछ।’

Shares

प्रतिक्रिया