शक्तिशाली आँधी रगासा हङकङतर्फ तीव्र रूपमा अघि बढेसँग हङकङको उडान क्षेत्रमा प्रभाव देखिन थालेको छ।
आँधीका कारण सहरका ४ एयरलाइन्सले मात्र कम्तीमा ७०० उडान रद्द गर्ने तयारी गरेपछि यतिबेला एयरपोर्टमा यात्रुको चाप बढेको छ। उडान प्रभावित हुने समयका लागि टिकट काटेका यात्रुले तालिका परिवर्तन गर्ने मनसाय देखाउँदा यात्रुको चाप बढ्न पुगेको हो।
स्थानीय एयरलाइन्सहरूले मंगलबार साँझदेखि प्रस्थान रद्द गर्ने घोषणा गरेपछि उनीहरू टिकट पुनर्तालिकीकरण गर्न पुगेका हुन्।
साउथ चाइना मर्निङ पोस्ट लेख्छ– २० वर्षका हन्ना ली र किरिल बोर्डाशेभिच सोमबार विमानस्थलको क्याथे प्यासिफिक एयरवेज काउन्टरमा सयौँ यात्रुहरूको बीचमा थिए। बुधबार एम्स्टर्डम फर्कने टिकट लिएका उनीहरू उडान रद्द हुने भएपछि समय परिवर्तन गर्न खोजिरहेका थिए। तर, उनीहरूले टिकट तेस्रो पक्ष प्लेटफर्म बुकिङ डटकम मार्फत किनेको हुँदा व्यवस्थापनमा समस्या पर्दा अन्योलमा देखिन्थे।
Shares

प्रतिक्रिया