यही असोज ११ गते मकाउमा घुम्ती राहदानी सेवा सञ्चालन हुने भएको छ।
चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा नेपाली महावाणिज्यदूतावस हङकङले प्रत्यक्ष दर्ताका लागि घुम्ती सेवा सञ्चालन गर्न लागिएको जनाएको हो।
यसअघि महावाणिज्यदूतावासको इमेल ठेगानामार्फत आवेदन दिएका स्वीकृत आवेदकका लागि सेवा सञ्चालन गर्न लागिएको हो।
महावाणिज्यदूतावासका अनुसार आवेदकमध्ये ४२ जनाको आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदकहरूलाई ११ असोज (२७ सेप्टेम्बर) अपरान्ह ११ बजेदेखि दिउँसो ४ बजेसम्म द हिमालयन हाउस ट्रेडमा रहेको कार्यालयमा सम्पर्क गर्न दूतावासले भनेको छ।

30
Shares

प्रतिक्रिया