हङकङ : को हुन् यी मानिस जसले शक्तिशाली आँधीसँग पौँठेजोरी खेले?

हङकङ : को हुन् यी मानिस जसले शक्तिशाली आँधीसँग पौँठेजोरी खेले?

यी व्यक्ति आँधीको समय चेङक्वान ओ प्रोमेनेडमा छालको अगाडि बेन्चमा बसिरहेका छन्


नेपालखबर
असोज ९, २०८२ बिहिबार १५:८, हङकङ

भर्खर शक्तिशाली आँधी रगासा खेपेको हङकङमा यतिखेर एउटा तस्बिर भाइरल भइरहेको छ। साउथ चाइना मर्निङ पोस्टका फोटोग्राफर एल्सन लीले खिचेको उक्त तस्बिर जति सामान्य छ त्यत्तिकै खतरनाक पनि छ।

किनकि त्यो समय हङकङमा टाइफुन चेतावनी संकेत १० जारी थियो। सुपर टाइफुन रगासा हङकङको सबैभन्दा नजिकको बिन्दुमा थियो। फोटोग्राफर ली चेङक्वान ओ प्रोमेनेडमा पुग्दा छालहरू तटमा ठोकिइरहेका थिए। त्यही बेला उनले एक अनौठो दृश्य देखे।

चेङक्वान ओ क्रस बे ब्रिजको समुद्रतिर फर्केको बेन्चमा एक मानिस बसिरहेका थिए। उनले यो देख्दा बुधबार बिहान साढे ६ बजेको समय थियो। उच्चस्तरको चेतावनी संकेत १० जारी भएको यस समयमा एक त सर्वसाधारणलाई घरबाट बाहिर निस्कन नै अनुमति हुँदैन त्यसपछि छालकै सम्मुख मस्तसँग बसिरहेको देखेका उनलाई अचम्म र अनौठो लाग्नु स्वाभाविक नै भयो।

अचम्मित र डरलाग्दो यो दृश्यलाई उनले झटपट कैद गरे र उसलाई बोलाउने कोसिस गरे। जुन समयमा, १७ मिटर (५६ फिट) अग्लो चेङक्वान ओ क्रस बे लिंकको दुई तिहाइ उचाइसम्म पुग्ने छालहरू तटमा ठोकिइरहेका थिए। नियतिलाई हेरिरहनु बाहेक उनीसँग अरू विकल्प रहेन।

अन्तत: छालसँगै पौँठेजोरी खेल्दै गए

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .