ज्याकमा, अलिबाबा र एन्ट ग्रुपले हङकङका आगलागी पीडितको सहयोगार्थ ६ करोड डलर दिने

ज्याकमा, अलिबाबा र एन्ट ग्रुपले हङकङका आगलागी पीडितको सहयोगार्थ ६ करोड डलर दिने

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १६:१०, हङकङ

चिनियाँ तीन ठूला व्यावसायिक कम्पनी ज्याकमा फाउन्डेसन, अलिबाबा र एन्ट ग्रुपले हङकङका आगलागी पीडितको सहयोगार्थ ६ करोड हङकङ डलर (८० लाख अमेरिकी डलर) दिने भएका छन्।

बुधबार दिउँसोदेखि ताईपो जिल्लाको आवासीय भवनमा भएको घातक आगलागीमा ठूलो धनजनको क्षति भएपछि तीन कम्पनीले छुट्टाछुट्टै सहयोग रकमको वाचा गरेका हुन्।

जसअनुसार, ज्याकमा फाउन्डेसनले आगलागीबाट प्रभावित परिवार, अग्निनियन्त्रक र उद्धारकर्ताको सहयोगका लागि भन्दै ३ करोड हङकङ डलर दान गर्ने घोषणा गरेको छ। 

त्यसैगरी, अलिबाबा ग्रुप होल्डिङ र एन्ट ग्रुपले क्रमश: २ करोड र १ करोड हङकङ डलर सहयोगको घोषणा गरेका छन्।

अलिबाबाले उद्धार प्रयास र अस्थायी आश्रयस्थलमा आश्रितलाई तथा उद्धार लगायतका कार्यमा आवश्यक सामग्रीका लागि चन्दाको पहिलो चरण निकासा गरिसकेको जनाएको छ।

ताईपो आगलागीमा हालसम्म ५५ जनाको ज्यान गइसकेको छ भने अस्पताल लगिएका ७६ जनामध्ये १५ जना गम्भीर र २८ जनाको अवस्था चिन्ताजनक छ। त्यस्तै, भवनभित्र फसेका ६२ जनाको उद्धार प्रयास भइरहेको छ भने हिजैदेखि सम्पर्कविहीन २७९ जनाको अवस्था अझै अज्ञात छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .