हङकङ आगलागीमा १२८ जनाको मृत्यु पुष्टि, थप १६ शव निकाल्ने प्रयासमा उद्धारकर्ता

मृतकको पहिचानका लागि सामुदायिक हलमा परिवारको भिड
हङकङ आगलागीमा १२८ जनाको मृत्यु पुष्टि, थप १६ शव निकाल्ने प्रयासमा उद्धारकर्ता

मृतकको पहिचानपछि फुक सामुदायिक हलबाट बाहिर निस्कने क्रममा शोकाकुल परिवार (एससीएमपी)


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १३:३७, हङकङ

हङकङ आगलागीबाट मृत्यु हुनेको संख्या १२८ पुगेको छ भने थप १६ शव भवनमै छरिएको अवस्थामा रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो विवरणअनुसार १२ अग्नि नियन्त्रकसहित ७९ जना घाइते छन् भने दुई सय जनाको अवस्था अझै अज्ञात छ।

अधिकारीहरूका अनुसार मर्मत सम्भार कार्यमा प्रयोग हुने अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्रीले आगो द्रुत रूपमा फैलिँदा सात दशकपछिको यति ठूलो विनास निम्तिन पुगेको थियो। भवन बाहिर प्रयोग गरिएका जालीलगायतमा पनि सुरक्षा मापदण्ड पूरा नगरेको देखिएको छ।

ठूलो विनास निम्तिएपछि नवीकरण कम्पनीको परामर्शदाता फर्म विल पावर आर्किटेक्ट्सका दुई निर्देशक र नवीकरण कम्पनी प्रेस्टिज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका तीन वरिष्ठ कर्मचारीलाई यस अघि नै पक्राउ गरिसकिएको छ। पक्राउ परेकाहरूलाई हत्या आरोपमा पक्राउ गरिएको हो।

जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लकको मर्मतसम्भार भइरहेको थियो जसलाई बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको थियो।

सरकारले घातक आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको जनाएको छ। ग्राफ्टबस्टरहरूले ३३० मिलियन हङकङ डलर मूल्यमा सुरु गरिएको मर्मत कार्यको अनुसन्धान सुरु गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .