हङकङमा ताईपो आगलागीको ‘साइड इफेक्ट’ : २०० स्थानका स्काफोल्डिङबाट जाली हटाउन आदेश

वाङफुक कोर्टको फायर अलार्म प्रणालीमा जिम्मेवार ६ जना पक्राउ
हङकङमा ताईपो आगलागीको ‘साइड इफेक्ट’ : २०० स्थानका स्काफोल्डिङबाट जाली हटाउन आदेश

फोतानको सुईवो कोर्टमा स्काफोल्डिङबाट जाली हटाउँदै कामदार (एससीएमपी)


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १३:२०, हङकङ

गत बुधबार हङकङको ताईपोस्थित वाङफुक कोर्टमा घातक आगलागीपछि हङकङ सरकारले सहरका अन्य दुई सय स्थानका निर्माण स्थलमा प्रयोग गरिएका स्काफोल्डिङको जाली हटाउन आदेश दिएको छ।

सहरका अन्य दुई निर्माण स्थलमा शंकास्पद सुरक्षा प्रमाणपत्र फेला परेपछि अधिकारीले शनिबार यस्तो आदेश दिएका हुन्।

अधिकारीहरूका अनुसार, चीनको सान्दोङमा कार्यालय रहेको स्काफोल्डिङ जाली निर्माताले चाईवान र फोर्ट्रेस हिलका आवास नवीकरण परियोजनामा प्रयोग भइरहेका सामग्रीको लागि सुरक्षा प्रमाणपत्र नक्कली बनाएको आरोप लागेपछि प्रमुख मर्मतसम्भार स्थलका जाली हटाउन आदेश दिइएको हो।

सुरक्षा प्रमुख क्रिसताङ पिङलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार यस मुद्दामा आपराधिक अनुसन्धान सुरु भइसकेको छ। 

यता कम्पनीले भने यसको उत्पादन बेइजिङमा रहेको राष्ट्रिय गुणस्तर निरीक्षण र श्रम सुरक्षा उपकरण परीक्षण केन्द्रबाट प्रमाणित भएको दाबी गरेको छ।

तर, ताङले भने कम्पनीको उक्त दाबी अस्वीकार गर्दै भनेका छन्– केन्द्रले कहिल्यै त्यस्ता कागजात जारी गरेको जानकारी छैन।

गएको बुधबार वाङफुक कोर्टका आठमध्ये सात भवनमा भीषण आगलागी भएको थियो। जसमा हालसम्म १५६ जनाको मृत्यु पुष्टि भइसकेको छ भने मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूको अनुमान छ। किनकि, दर्जनौँ मानिस अझै सम्पर्कविहीन छन्।

यसैबीच, हिजो (बुधबार) वाङफुक कोर्ट हाउजिङ कम्प्लेक्समा फायर अलार्म प्रणालीका लागि जिम्मेवार कम्पनीका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि अग्नि सेवा विभागलाई झुटो घोषणा गरिएको आरोप छ। उनीहरूले पुनर्निर्माण कार्यको क्रममा फायर अलार्म निष्क्रिय नपारिने प्रतिबद्धता गरेभन्दा विपरीत कार्य गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .