हङकङमा नेपालीहरूद्वारा सञ्चालित ‘हङकङ नेप्लिज टेनिस सोसाइटी’ले आयोजना गरेको १४औँ वार्षिक प्रतियोगितामा विकास गुरुङ च्याम्पियन बनेका छन्।
प्रतियोगिता दुई समूहमामा विभाजन गरी राउन्ड रोविनको आधारमा खेलाइएको थियो।
पहिलो चरणका केही खेल गत शनिबार साँझ किङ्स पार्क टेनिस सेन्टरमा भएका थिए भने केही खेलसहित सेमिफाइनल र फाइनल गत आइतबार ‘गो पार्क’ टेनिस सेन्टरमा भएको थियो।
समूह ए बाट विकास गुरुङ र किसन थापा तथा समूह बी बाट मगेन्द्र राई र सन्जिव राई अङ्कको आधारमा सेमिफाइनल मा प्रवेश गरेका थिए।
सेमिफाइनलमा विकासले सन्जिव र मगेन्द्रले किसनलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। विकासले ६-४ मा पहिलो सेट लिए।

दोस्रो सेटमा मगेन्द्रले राम्रो कमब्याक गरी ३-० ले अग्रता लिएका थिए। तर, मगेन्द्रको नाडीमा समस्या आएपछि राम्रो प्रदर्शन गर्नबाट चुके। विकासले ३-३ को बराबर गरे। त्यसपछि मगेन्द्रले निरन्तरता दिन सकेनन् र वाक ओभर गरे।
तेस्रो स्थानको लागि प्ले अफ म्याचमा सन्जिवले किसनलाई पराजित गरे।
ट्रफी समारोह संस्थाका सचिव टेकेन्द्र सुब्बाले सञ्चालन गरेका थिए भने पहिलो, दोस्रो र तेस्रोलाई संस्थाका संरक्षक मगेन्द्र राई तथा अध्यक्ष किशोर गुरुङले संयुक्त रूपमा ट्रफी हस्तान्तरण गरेका थिए।
सोसाइटीले सन् २०१० बाट वार्षिक च्याम्पियनसिप प्रतियोगिता गराउँदै आएको छ। साथै, विभिन्न राष्ट्रका खेलाडीलाई सहभागी गराई ‘नेसन्स कप’ पनि खेलाउँदै आएको छ।
Shares

प्रतिक्रिया