हङकङ अध्यागमन अधिकारीले सहरका दुई रेस्टुरेन्ट मालिक र पाँच कामदारलाई पक्राउ गरेका छन्।
अवैध विदेशी कामदारलाई काममा राखेको आरोपमा मालिकहरू पक्राउ परेका हुन् भने अवैध रूपमा काम गरेको आरोपमा कामदारहरू पक्राउ परेका छन्।
अध्यागमन विभागको विदेशी घरेलु सहयोगी अनुसन्धान शाखाका वरिष्ठ अध्यागमन अधिकारी पाउ हिउले मंगलबार जानकारी गराएअनुसार स्थानीय दक्षिणपूर्वी एसियाली रेस्टुरेन्टका दुई मालिक र उनीहरूले काममा राखेका पाँच जना अवैध कामदारलाई शनिबार पक्राउ गरिएको हो।
पाउले स्थानीय मिडियालाई बताए कि रेस्टुरेन्टसँग इजाजतपत्र छ तर लागत बचत गर्न खाद्य उत्पादन उत्पादन र प्रशोधनमा काम गर्ने कामदार अवैध राखिएको थियो।
क्वाइचुङमा रहेको उक्त रेस्टुरेन्टमा काम गरिरहेको अवस्थामा कामदारहरू पक्राउ परेका हुन्। जसमा तीन पुरुष र दुई महिला छन्। उनीहरूसँगै ठूलो मात्रामा खाना पकाउने भाँडाकुँडा, खाना प्याकेजिङ बक्स र प्याकेजिङ उपकरणहरू पनि प्रमाणको रूपमा जफत गरिएको छ।
उनीहरू अध्यागमन अधिकारीहरूको छड्के जाँचमा परेका थिए। यही छड्केमा रेस्टुरेन्टका मालिकहरू पनि परेका हुन्। उनीहरू पुरुष र महिला हुन्।
Shares

प्रतिक्रिया