हङकङको पश्चिम काउलुन अदालतले एक जापानी यात्रुलाई ४ हप्ताको जेल सजाय सुनाएको छ।
गतवर्ष २४ नोभेम्बरमा जापानको ओसाकाबाट हङकङ आउँदै गरेको क्याथे प्यासिफिक उडानमा एक महिलाको गोप्य अंगको फोटो/भिडिओ खिचेको आरोपमा उनी पक्राउ परेका थिए।
ओनिसी रियु नामका ४६ वर्षीय उनी जापानको एक कम्पनीमा आईटी प्रबन्धकको रूपमा काम गर्थे र व्यापारिक सिलसिलामा हङकङ हुँदै भारत जाँदै थिए। तर, उक्त घटनापछि उनले एक वर्षदेखि हङकङको हिरासतमा बिताउनुपर्यो।
अदालतको फैसलालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार रियुले विमानको झ्यालबाट हङकङको दृश्यको खिच्ने क्रममा ‘गल्तीले’ महिलाको गोप्य अंगहरूको फोटो/भिडिओ खिचेका थिए। उनको यो हर्कतलाई अदालतले ‘अवसरवादी’को रूपमा व्याख्या गरेको छ।
दुई सन्तानका पिता रियु गतवर्षको नोभेम्बरदेखि हिरासतमा थिए। अहिले अदालतले फैसला सुनाउँदै ४ हप्ताको जेल सजायसहित हङकङ डलर १० हजार जरिवाना तोकेको छ।
Shares

प्रतिक्रिया