हङकङको आवास विभाग अन्तर्गत तुङचुङ साइटमा एक मजदुर लडेर घाइते भएका छन्। बिहीबार बिहान करिब साढे १० बजे उनी चिप्लेर स्टिलको रिबारमा उधिनिन पुगेका थिए।
घाइते मजदुरको बायाँ नितम्ब छेडिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। भुइँमा रहेको स्टिल रिबारमा पछारिएका उनलाई एउटा बारले छेडेको हो। जुन घाउ झन्डै ५ सेन्टिमिटर गहिरो रहेको छ।
घाइते कामदार उक्त साइटका बार बेन्डर हुन्। उनको क्वाइचुङस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा उपचार भइरहेको छ।
120
Shares

प्रतिक्रिया