हङकङमा रात्रि दृश्यसँगै डबल डेकर बस हाँकेकी ती सुन्दर युवती

हङकङमा रात्रि दृश्यसँगै डबल डेकर बस हाँकेकी ती सुन्दर युवती

नेपालखबर
माघ १९, २०८२ सोमबार १५:२७, हङकङ

हङकङमा एक सुन्दर युवतीले डबल डेकर बस हाँकिरहेको भिडिओले यतिखेर धेरैको ध्यान खिचेको छ। शान्त र आत्मविश्वासका साथ बस चलाइरहेको छोटो भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि  उनको रुप र कामको प्रशंसा गर्नेहरूको बाढी नै आयो।

भिडिओ मुख्यभूमि चीनको सामाजिक सञ्जाल प्लेटफर्म ‘सिहोङ्‌सु’मा अपलोड भएको हो। ‘हङकङकी महिला चालक धेरै सुन्दर र कुल छिन्! डबल-डेकर बस सजिलैसँग ह्यान्डल गरिएको छ’ शीर्षकमा अपलोड गरिएको उक्त क्लिपमा लामो कपाल भएकी चालक बोर्डमा रहेका यात्रुलाई प्रतिक्रिया दिँदै, मुस्कुराउँदै बस चलाइरहेको देखिन्छिन्।

भिडिओले सञ्जाल प्रयोगकर्ताका ‘साँच्चै सुन्दर’, ‘राम्रो मुस्कान’, ‘स्टाइलिस’, ‘पुरुषजस्तै सक्षम महिलाको वास्तविक उदाहरण’, ‘धेरै जवान’, ‘हेर्न रमाइलो’, ‘हङकङमा प्रशस्त मात्रामा युवा महिला बस चालक छन्’ जस्ता प्रतिक्रिया पायो।

सञ्जाल प्रयोगकर्ताबीच भाइरल बनेको यो भिडिओ फुटेज हङकङ पोलिटेक्निक विश्वविद्यालय नजिकै क्रस-हार्बर टनेल बस इन्टरचेन्जमा लिइएको हो। हङकङ डलर ४७.६ भाडा रहेको रुटमा बस हाँकिरहेकी युवतीको दृश्य खिचिएको उक्त मार्ग क्रस-हार्बर टनेल बस इन्टरचेन्ज मार्गमा रहेका स्टपहरूमध्ये एक हो। जुन आफैँमा दर्शनीय हिसाबले आकर्षक मार्ग हो भने यसले हङकङको रात्रि दृश्य प्रदान गर्दछ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .