हङकङका यी चालक जसले यात्रुको २० डलर फ्याँकिदिए, परे हजार डलर जरिवानामा

हङकङका यी चालक जसले यात्रुको २० डलर फ्याँकिदिए, परे हजार डलर जरिवानामा

यात्रुप्रति असभ्य व्यवहार गरेको आरोपमा ट्याक्सी चालक लाम चिङलाई अदाललते हङकङ डलर एक हजार जरिवाना तोकेको छ (एससीएमपी)


नेपालखबर
माघ २०, २०८२ मंगलबार १९:२, हङकङ

यात्रुप्रति अशिष्ट व्यवहार गरेको आरोपमा हङकङका एक ट्याक्सी चालक एक हजार हङकङ डलर जरिवानामा परेका छन्।

क्याबी चालक र यात्रुबीच ड्राइभिङ गतिमा विवाद उत्पन्न भएपछि उनले यात्रुको पैसा झ्यालबाट फ्याँकिदिएका थिए। यही आरोपमा वेस्ट काउलुन अदालतले जरिवाना तिराएको हो।

७ डिसेम्बर २०२४ मा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङको आवासीय परिसरमा ट्याक्सी बुक गरेकी एक महिला यात्रुप्रति अशिष्ट व्यवहार गरेको आरोपमा ट्याक्सी चालक लाम चिङ फुङ अहिले दोषी ठहर भएका हुन्।

अधिकतम गति सीमा १०० किमी प्रतिघण्टा भएको सडकमा चालकले झन्डै १२० किमी प्रतिघण्टाको गतिमा ट्याक्सी चलाइरहेको महिलाले स्पिडोमिटर एपबाट पत्ता लगाएकी थिइन्। यसपछि उनीहरूबीच विवाद सुरु भएको थियो।

एनजी युक नामकी ती महिलाले अदालतको बयानमा भनेकी छन्- गति सीमाभन्दा बढी भएको थाहा पाएपछि मैले गति कम गर्न अनुरोध गरेँ। तर, चालकले मान्नुको सट्टा उल्टै अशिष्ट भाषा प्रयोग गरे- ‘अबदेखि ट्याक्सी बुक नगर्नू। म यहाँ जीविकोपार्जन गरिरहेको छु।’

गन्तव्यमा आइपुगेपछि महिलाले हङकङ डलर तीन सय नगद दिइन् र रसिद मागिन्। महिलाको बयानलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘चालकले हङकङ डलर २० झ्यालबाट फ्याँकिदिए।’

यो विवादमा अदालत पुगेको थियो, जसमा मजिस्ट्रेट विनी लाउले चालकलाई एक हजार हङकङ डलर जरिवाना सुनाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .