सन् १९८९ मा हङकङको साइकुङ समुद्र तटमा भएको क्रुर हत्याका आरोपी ३७ वर्षपछि थाइल्यान्डमा पक्राउ परेका छन्।
अभियुक्त मुइ यिउलाई आज हङकङ सुपुर्दगी गर्ने तयारी गरिएको स्रोतलाई उल्लेख गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। ६२ वर्षीय मुइ हत्यापछि फरार थिए।
उनलाई खोजिरहेको हङकङ प्रहरीले थाइल्यान्डमा रहेको सुइँको पाएपछि थाई प्रहरीसँग सहयोगका लागि अनुरोध गरेको थियो। हत्यामा संलग्न चार आरोपीमध्ये मुइलाई थाई प्रहरीले सोमबार बैंककको नोङचोक जिल्लामा रहेको एक घरबाट पक्राउ गरेको हो।
पक्राउ पर्दा विनापहिचान भेटिएका मुइ सन् १९९४ देखि थाइल्यान्ड बस्दै आएका थिए। लामफाक चि उपजिल्लामा भोजनालय चलाइरहेका उनले पहिचान स्वीकार गरे पनि हत्या आरोप भने अस्वीकार गरेका छन्।
यद्यपि, अवैध आप्रवासनको आरोपमा उनलाई हङकङ सुपुर्दगी गर्न लागिएको हो। थाई महिलासँग घरजम गरेर बसेका उनी तीन सन्तानका पिता हुन्।
Shares

प्रतिक्रिया