हङकङमा बढ्यो बेरोजगारी

हङकङमा बढ्यो बेरोजगारी

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १८:४५, काठमाडौँ

हङकङमा बेरोजगारी दर सामान्य बढेको देखिएको छ। 

पछिल्ला तीन महिनामा ०.१ प्रतिशतले बढेर ३.९ प्रतिशत पुगेको हो। 

बीमा, निर्माण र वित्तीय क्षेत्रमा बेरोजगारी दर बढेको साउथ चाइना मर्निङ पोस्टले समाचारमा जनाएको छ। 

यद्यपि श्रम अधिकारीहरु भने आशावादी देखिएका छन्। उनीहरुले बढ्दो आर्थिक वृद्धिले श्रमबजारमा सुधार आउने उनीहरुको अपेक्षा छ। 

तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर–जनवरी अवधिमा अक्टोबर–डिसेम्बरको तुलनामा बेरोजगारी दर ०.१ प्रतिशतले बढेको हो। 

गत वर्षको जुलाई–सेप्टेम्बरमा पनि यस्तो दर ३.९ प्रतिशत थियो। गत वर्ष अगस्ट–अक्टोबर अवधिमा यस्तो दर ३.८ प्रतिशत थियो। 

अल्पकालीन रोजगारी दर भने १.७ प्रतिशतमै अपरिवर्तित छ। 

हङकङका श्रमसचिव क्रिस सन युक हानले सहरको दिगो आर्थिक वृद्धिदरले पूरै श्रम बजारमा सकारात्मक प्रभाव पार्ने आशा गरे। 

उनले केही क्षेत्रमा रोजगारीमाथि दबाब बढेको उनको स्वीकारोक्ति छ। 

हङकङ सरकारले यसलाई सामान्य रुपमा लिएको बताएको छ। केही क्षेत्रमा बढे पनि यातायात र सरसफाइ क्षेत्रमा बेरोजगारी दर घटिरहेको सरकारी भनाइ छ। 

तथ्यांकअनुसार १ लाख ३८ हजार ४ सयजति मानिसहरु नोभेम्बर–जनवरी अवधिमा कामविहीन छन्। जुन अक्टोबर–डिसेम्बर २०२५ को अवधिभन्दा २ सय जना बढी हो। 

यो अवधिमा ६५ हजार १ सयजति अल्पकालीन काम गरिरहेका छन्। जुन अघिल्लो अवधिभन्दा ३०० जनाजति बढी हो। 

बीमा, निर्माण र वित्त क्षेत्रमा बेरोजगारी दर ३ प्रतिशत, ६.९ प्रतिशत र २.३ प्रतिशत रहेको तथ्यांक छ। जुन पहिलेभन्दा २.७ प्रतिशत, ६.७ प्रतिशत र २.१ प्रतिशतले क्रमशः बढी हो। 

यातायात क्षेत्रमा भने यस्तो दर २.९ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा झरेको छ। त्यस्तै सरसफाइमा २.३ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ।  

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .