चन्द्र नयाँ वर्षको बिदामा हङकङले सुनका गहनाको व्यापार बढाएको छ। यस बिदामा मुख्यभूमि चीनका आगन्तुकमा १३ प्रतिशत वृद्धि रेकर्ड गरेको हङकङले यसै अवधिमा गहनाको बिक्री १० प्रतिशतले बढाएको हो।
सुनका गहनाको बिक्री गतवर्षको बिदामा भन्दा यस वर्ष राम्रो प्रदर्शन गरेको भन्दै उद्योगीहरू उत्साहित देखिएका छन्। जबकि गतवर्षको तुलनामा अहिले सुनको मूल्य निकै अकासिएको छ।
खुद्रा क्षेत्रका सांसद पिटर शिउ काले गत वर्षको तुलनामा बजारको अवस्था सुधार भएको बताए। खुद्रा उद्योगको व्यवसायमा सामान्य वृद्धि भएको भन्दै उनले खुसी व्यक्त गरेका छन्।
‘सुनको मूल्य बढे पनि गहना पसलहरूले बिक्रीमा झन्डै १० प्रतिशत वृद्धि रेकर्ड गरेका छन्,’ शिउलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘यो मुख्यतया मुख्यभूमि पर्यटकहरूको आगमनले गर्दा हो।’
351
Shares

प्रतिक्रिया