हङकङको क्याथे प्यासिफिक एयरवेजले जुन महिनापछि नियमित यात्रु उडान गर्ने भएको छ। मध्यपूर्व तनावपछि उडान कटौती गरेको एयरवेजले जुनपछि पूरै गन्तव्यमा उडान सुचारु घोषणा गरेको हो।
मध्यपूर्व तनावका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य भारी मात्रामा वृद्धि भइरहेको अवस्थामा यही कारण देखाउँदै उडान कटौती गरेको क्याथेले दुई महिनापछि भने उडान नियमित गर्ने योजना अघि सारेको हो।
यसअघि कम्पनीले मेको मध्यदेखि जुनको अन्त्यसम्म क्याथे प्यासिफिकका उडानको संख्या २ प्रतिशत र एचके एक्सप्रेसका सेवाहरू ६ प्रतिशतले कटौती गर्ने घोषणा गरेको थियो।
क्याथेले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्कलाई उजागर गर्दै भनेको छ– फेब्रुअरीको अन्त्यदेखि विश्वव्यापी जेट इन्धनको औसत मूल्य दोब्बर भएको छ।
15
Shares

प्रतिक्रिया