हङकङमा यस हप्ताको अन्त्यतिर हुरीबताससहितको आँधीबेहरी आउने सम्भावना रहेको हङकङ अब्जर्भेटरीले जनाएको छ।
दक्षिणी चीनको उत्तरी भागमा रहेको न्यून चापीय रेखामा बुधबार चिसो बढ्न गई अर्को दिनसम्म तटीय क्षेत्र पार गर्ने अनुमानसहित अब्जर्भेटरीले आँधीबेहरीको सम्भावना औँल्याएको हो।
‘उत्तरपूर्वी मनसुनको प्रभावमा, यस हप्ताको उत्तरार्धमा ग्वाङदोङको तापक्रम घट्नेछ। र, माथिल्लो हावाको प्रभावका कारण यस क्षेत्रमा मेघगर्जनसहितको वर्षा हुन सक्छ,’ अब्जर्भेटरीले भनेको छ।
साथै, मौसम बुलेटिनमा भनिएको छ– तापक्रम २२ देखि २८ डिग्रीको बीचमा रहनेछ भने केही स्थानमा वर्षा र हुरीबताससहितको आँधीबेहरी आउन सक्छ।
बिहीबारदेखि बिग्रने मौसम आइतबारसम्ममा सुधार हुने अनुमान पूर्वानुकर्ताको छ।
99
Shares

प्रतिक्रिया