हङकङमा देखियो वर्षदिनपछि डेंगीको पहिलो स्थानीय केस

हङकङमा देखियो वर्षदिनपछि डेंगीको पहिलो स्थानीय केस

डेंगी फैलाउने एडिस जातको लामखुट्टे (गेटी इमेजेज्)


नेपालखबर
बैशाख ९, २०८३ बुधबार २०:१०, हङकङ

एक वर्षभन्दा लामो समयपछि हङकङमा डेंगी ज्वरोको पहिलो स्थानीय केस देखिएको छ।

स्थानीय रूपमा देखिएको यो केससँगै स्वास्थ्य अधिकारीहरूले जोखिम निम्तिन सक्नेतर्फ सचेत गराएका छन्। यात्रा इतिहास नभएका ताइपोका एक बिरामीमा बिहीबार डेंगी देखिएसँगै सेन्टर फर हेल्थ प्रोटेक्सन, सरुवा रोग शाखाका प्रमुख अल्बर्ट औले जोखिम निम्तिन सक्ने चेतावनी दिएका हुन्।

‘डेंगी ज्वरोको स्थानीय केसले हङकङमा यो निदान नभएको प्रमाणित गर्‍यो, यसले स्थानीय फैलावटको जोखिमलाई संकेत गर्दछ,’ औले बुधबार एक रेडियो कार्यक्रममा भने।

बेलैमा सचेत हुँदा यसको फैलावटक रोक्न सकिने बताउँदै औले जोखिमलाई बेवास्ता गर्न चाहिँ नहुने बताएका छन्।

हङकङमा यस वर्ष अहिलेसम्म १३ डेंगी ज्वरोका घटना रेकर्ड गरिएका छन्, जसमध्ये १२ आयातीत थिए भने १३औँ केस स्थानीय रेकर्ड भयो। गत वर्ष सहरमा कुनै पनि स्थानीय केस रेकर्ड भएका थिएनन्।

पछिल्लो केसमा २१ वर्षीय पुरुष डेंगी संक्रमित भएका हुन्। कुनै पनि स्वास्थ्य समस्या नभएका उनलाई १२ अप्रिलमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखिएका थिए।

१६ अप्रिलमा ताईपोको एलिस हो मिउलिङ नेदरसोल अस्पताल पुगेका उनमा रगतको नमुना परीक्षण गर्दा डेंगी देखिएको थियो। अस्पतालमा भर्ना भएर उपचाररत उनको स्वास्थ्य स्थिर रहेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

यसबीचमा हङकङ बाहिर यात्रा नगरेका उनले आफ्नो कार्यस्थल, लान्ताउ टापुको पेनीको खाडीस्थित लङयान रोड नजिकैको सडक निर्माणस्थलमा काम गर्दा लामखुट्टेले टोकाइमा परेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .