हङकङमा बाल अश्लीलताविरुद्ध प्रहरी अप्रेसनः ९ जना पक्राउ

हङकङमा बाल अश्लीलताविरुद्ध प्रहरी अप्रेसनः ९ जना पक्राउ

बाल अश्लीलताविरुद्ध एशियाव्यापी कारवाही: हङकङ प्रहरीका चिफ इन्स्पेक्टर एलन ताम (बायाँ), सुपरिटेन्डेन्ट फेरिस चेउङ हाउ–यी, कार्यवाहक सुपरिटेन्डेन्ट ताम यिक वुन र माइकल फङ। तस्विरः साम साङ


नेपालखबर
बैशाख १४, २०८३ सोमबार २१:१४, काठमाडौँ

हङकङ प्रहरीले ‘पोर्नग्राफी’ (अश्लिल) तथा बाल यौन शोषणका सामाग्री उत्पादन गर्ने ९ जनालाई पक्राउ गरेको छ। बालबालिकाको यौन शोषण तथा अश्लिलताविरुद्ध एशियाली देशहरुसँग संयुक्त रूपमा अप्रेसनमा हङकङका ९ जनासहित ३ सयभन्दा बढी पक्राउ परेका हुन्।

हङकङमा पक्राउ पर्नेहरु १८ देखि ६१ वर्ष उमेरका छन्।

हङकङ, सिंगापुर, मलेसिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र ब्रुनाईका प्रहरीले संयुक्त रूपमा अन्तर्राष्ट्रिय अप्रेसन सञ्चालन गरेका हुन्। उनीहरूले बाल अश्लिल सामाग्री उत्पादन, वितरण कार्यमा संलग्न व्यक्ति केन्द्रित भएर अप्रेसन चलाएका थिए।

हङकङका शंकास्पद ठाउँमा प्रहरीले अप्रिल १४ मा छापा मारेको थियो। प्रहरी कारवाहीमा १२ वटा कम्प्युर, एक्सर्टसन स्टोरेज र ८ वटा मोबाइल फोन बरामद भएका छन्। ती डिभाइसमा २ सयभन्दा बढी अश्लिल फोटो र भिडियो भेटिएका छन्। हङकङ प्रहरीका साइबर सुरक्षा तथा टेक्नोलोजी क्राइम ब्युरोकी सुपरिटेन्डेन्ट फेरिस चेउङ हाउ–यी भन्छिन्, ‘हामीले गरेको चुस्त अनुसन्धानबाट अनलाइनबाट बाल अश्लिलता उत्पादान र डाउनलोड गर्ने व्यक्ति फेला परेका हुन्।’

‘अनुसन्धान विश्लेषणपछि सातै क्षेत्रका प्रहरी बलले संकास्पद व्यक्ति पहिचान गरी ३ सय २६ जनालाई पक्राउ गरेका हुन्। उनीहरुविरुद्ध बाल अश्लिलता उत्पादन तथा भण्डारण गरेको अभियोगमा अनुसन्धान हुनेछ’, उनले भनिन्।

न्यू टेरिटोरिज नर्थ क्षेत्रीय अपराध इकाईले युएन लोङस्थित एउटा फ्लाटबाट २८ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। उनको कम्प्युटरमा २० भन्दा बढी अश्लिल सामाग्री पाइएका छन्। ती व्यक्तिले सन् २०२३ देखि एक जना १२ वर्षीय बालकलाई यौन शोषण गर्दै आएका थिए। सामाजिक सञ्जालमा कुराकानी गर्ने, रुचिको विषय थाहा पाएपछि आफ्नो पनि चाहना त्यस्तै रहेको भनेर अफलाइन भेटघाट गरी याैन दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार अनुसार हङकङमा सन् २०२५ मा बाल अश्लिलतासम्बन्धी ६२ मुद्दा दर्ता भएका छन्। यो भनेको अघिल्लो वर्षको भन्दा थोरै हो। सन् २०२४ मा ८० वटा घटना दर्ता भएका थिए।

प्रहरीले परिवार सदस्य तथा अभिभावकलाई आफ्ना बालबालिकाको अनलाइन व्यवहार निगरानी गर्न अनुरोध गरेको छ। उनीहरुसँग खुलस्त कुराकानी गर्न पनि सुझाएको छ।

हकङका कार्यवाहक प्रहरी सुपरिटेन्डेन्ट ताम यिक वुन भन्छन्, ‘अनलाइन जोखिमबाट बालबालिकालाई जोगाउन अभिभावक नै सुरक्षाको पहिला घेरा हुन्। हङकङ प्रहरी इन्टरपोलसहितका अन्तर्राष्ट्रिय संस्थासँग मिलेर यस किसिमका अपराधी खोज्ने काम जारी राख्नेछ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .