हङकङ : काउलुनको स्पोर्टस् स्टोरमा एक व्यक्तिले आगो झोसिदिएपछि

हङकङ : काउलुनको स्पोर्टस् स्टोरमा एक व्यक्तिले आगो झोसिदिएपछि

स्टोरका घाइते कर्मचारीलाई क्वुनतोङस्थित युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो (ह्यान्डआउट)


नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १९:२०, हङकङ

हङकङको काउलुन बेमा रहेको डेकाथलन स्टोरमा आगो लागेको छ। आगो निभाउने प्रयासमा पसलका कामदार घाइते भएका छन्।

प्रहरीका अनुसार मङ्‌गलबार दिउँसो ३ बजेतिर काउलुन बेको वाईयिप स्ट्रिटमा रहेको टेलफोर्ड प्लाजा स्टोरमा आगो लागेको हो। आगो निभाउने प्रयासमा २२ वर्षीय कामदार घाइते भएका हुन्। उनलाई क्वुनतोङस्थित युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो।

पसलमा आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोई यिङ इस्टेटको यिङसुन हाउसबाट ४० वर्षीय पुरुष पक्राउ परेका हुन्। साँझ ५ बजे पक्राउ परेका सन्दिग्धमाथि पसलमा रहेको कपडामा आगो सल्काएर भागेको आरोप छ।

पक्राउ परेका व्यक्तिमा बौद्धिक अपाङ्गता रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेका छन्। उनले कुन उद्देश्यले आगो लगाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .