हङकङमा फिफा आसियान कपको तयारी, यस्ता छन् फाइदा

हङकङमा फिफा आसियान कपको तयारी, यस्ता छन् फाइदा

हङकङका स्ट्राइकर म्याट ओर गतवर्ष इस्ट एसियन फाइनल खेल क्रममा चीनविरुद्धको खेलका क्रममा। तस्बिरः सिन्ह्वा


नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १५:४८, काठमाडौँ

फिफा आसियान कपमा सहभागी भएर हङकङले ठूलो धनराशी कमाउने अवसर पाएको छ। फुटबलमा विश्वको ध्यान खिच्ने प्रयास स्वरुप गर्न लागिएको प्रतियोगिता अन्तर्गत डिभिजन-टूका खेल हङकङमा हुनेछन्।

फिफाले विशवका सबैभन्दा धेरै जनसंख्या भएका देशहरू चीन र भारतलाई पहिलो डिभिजन खेल्नका लागि निमन्त्रणा दिएको छ। अब डिजिभन-वान खेल्ने टोली ८ भएका छन्। इन्डिया फुटबल फेडरेसनले भारतीय सहभागिताको पुष्टि गरिसकेको छ।

फिफाले क्षेत्रीय तहमा गर्ने यो प्रतियोगिताको कूल पुरस्कार राशी ४० लाख अमेरिकी डलर छ। गत महिना क्यानडामा भएको फिफा कंग्रेसका क्रममा अधिकारीहरुलाई देखाइएको कागजातअनुसार डिभिजन १ को विजेताले १० लाख डलर र डिभिजन २ को विजेताले ३ लाख डलर प्राप्त गर्नेछन्।

सहभागी सबै १४ टोलीले १ लाख २५ हजार अमेरिकी डलर पाउनेछन्। जित र खेला बराबरी भए थप बोनस पाउनेछन्।

विश्व वरीयतामा १५५ औँ स्थानमा रहेको हङकङ दोस्रो डिभिजनका लागि खेल्ने ६ टोलीमध्ये सबैभन्दा उच्च वरियताको टोली हो। हङकङ १७७ औँ स्थानमा रहेको कम्बोडिया र १९३ औँ स्थानमा रहेको ब्रुनाई भएको समूहमा छ। हङकङलाई अर्को फाइदा होम ग्राउन्ड र घरेलु दर्शकको पनि हुनेछ। खेलहरू २०२६ को सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म हुनेछन्। 

शीर्ष डिभिजनका आठ टोलीई दुई समूहमा विभाजन गरी खेलाइनेछ। एउटा समूहका खेल इन्डोनेसियामा हुनेछन्, अर्को समूहको खेल स्थान तय हुन बाँकी छ। फिलिपिन्सले रुचि देखाइरहेछ। डिभिजन १ मा भारत, भियतनाम, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स र चीन छन्। यो प्रतियोगिताका लागि खेलाडीले क्लब छाड्नु पर्ने छैन। टोलीहरू कमजोर नै हुनेछन्।

गत नोभेम्बरमा काई ताक रंगशालामा भएको खेलमा हङकङ सिंगापुरसँग पराजित भएपछि प्रशिक्षक एस्ली वेस्टवुडले राजीनामा दिए। खेल चुस्त बनाउन हङकङ फुटबल संघले छिटै नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्न वा काम चलाउ परीक्षक रोबर्टो सलोसाडा नेतृत्व दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .