हङकङको क्याथे प्यासिफिकले पायो नयाँ अध्यक्ष

हङकङको क्याथे प्यासिफिकले पायो नयाँ अध्यक्ष

गाय ब्राडलीले बुधबारदेखि क्याथे अध्यक्षको भूमिका सम्हालेका छन् (एससीएमपी)


नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १४:३१, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजले नयाँ अध्यक्ष पाएको छ। बुधबार कम्पनीको वार्षिक साधारण सभामा गैर-कार्यकारी निर्देशक गाय ब्राडलीलाई कार्यकारी निर्देशक र बोर्ड अध्यक्षको जिम्मेवारी सुम्पिइएको हो। 

तीन दशकभन्दा बढी समय क्याथेमा बिताएका प्याट्रिक हेलीको अवकाशपछि ब्राडलीलाई हिजो औपचारिक रूपमा जिम्मेवारी सुम्पिइएको हो। सन् १९८८ मा स्वायर समूहमा आबद्ध हेलीले २०१९ देखि क्याथेको अध्यक्ष र कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए।

बुधबार अध्यक्षको जिम्मेवारी पाएका ६० वर्षीय ब्राडली क्याथेका साथै स्वायर कोकाकोलाको अध्यक्षको भूमिकामा पनि रहने छन्। साथै, स्वयर प्यासिफिक, जोन स्वायर एण्ड सन्स (एचके) र स्वायर प्रोपर्टीजका पनि अध्यक्ष हुन्। उनलाई गत डिसेम्बरमा समूहको एयरलाइन र बोटलिङ सञ्चालनको अध्यक्ष नियुक्त गरिएको थियो।

जिम्मेवारीमा आएसँगै ब्राड्लीले क्याथेलाई अग्रणी अन्तर्राष्ट्रिय उड्डयन केन्द्रको रूपमा विकसित गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .