मकाउमा ७३औँ सगरमाथा दिवस मनाइने भएको छ। युनाइटेड नेपाली डायस्पोरा मकाउको आयोजनामा यही मे २४ तारिखमा कार्यक्रम हुन लागेको हो।
हाक्सावानस्थित इडलाइ वासुनचुनमा हुने कार्यक्रममा नेपालीका साथै इन्डोनेसिया, फिलिपिन्स र भियतनामको समेत सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ।
कार्यक्रममा मकाउमा कार्यरत नेपाली कलाकारहरूले आ-आफ्नो विधाका प्रस्तुति दिनेछन्। मकाउका विभिन्न दौड प्रतियोगितामा सहभागी भएका नेपाली धावकलाई यसै कार्यक्रममा सम्मान पत्र प्रदान गरिँदैछ।
कार्यक्रम कारितास मकाउ वेल्नस सेन्टर र नेपाली महावाणिज्य दूतावास, हङकङको सह-आयोजनामा हुन लागेको हो।
यस्तै, मकाउस्थित ग्लोबल रेमिटले सगरमाथा दिवसको दिनदेखि यस रेमिटबाट विश्वका जुनसुकै देशमा पैसा पठाउने नेपालीलाई पहिलो पटक नि:शुल्क सेवा दिने प्रतिबद्धता गरेको कार्यक्रमका संयोजक पूर्ण गुरुङले जानकारी दिए। रेमिटको यो घोषणाले नेपालीलाई वैधानिक बाटोबाट पैसा पठाउन प्रेेरित गर्ने गुरुङ आशा राख्छन्।
Shares

प्रतिक्रिया