विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इबोलालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेपछि अफ्रिकाबाट आउने यात्रुको स्वास्थ्य जाँच हङकङमा कडाइ गरिने भएको छ।
हङकङमा हालसम्म इबोलाको केस रेकर्ड गरिएको नभए तापनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त कदम चालिएको सहरको स्वास्थ्य सुरक्षा केन्द्रले जनाएको छ।
यसका साथै, जनचेतना र शिक्षालाई पनि बढवा दिने स्थानीय स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्।
‘हङकङले महामारी रोकथाम र नियन्त्रणको पूर्ण तयारी गरेको’ समेत केन्द्रले जनाएको छ। कंगो र युगान्डामा प्रकोप फैलिएपछि अफ्रिकाबाट आउने यात्रुलाई विमानस्थलमा कडाइका साथ स्वास्थ्य जाँच गरिन लागेको हो।
87
Shares

प्रतिक्रिया