मार्चदेखि यता हङकङले थप्यो ८२० अतिरिक्त उडान

मार्चदेखि यता हङकङले थप्यो ८२० अतिरिक्त उडान

नेपालखबर
जेठ ६, २०८३ बुधबार १३:३२, हङकङ

मध्यपूर्व द्वन्द्वका कारण सिर्जित अप्ठेरोलाई समाधन गर्न हङकङले मार्चदेखि यता विभिन्न गन्तव्यमा ८२० अतिरिक्त उडान थपेको छ। मध्यपूर्व द्वन्द्वका कारण कतिपय गन्तव्यमा सेवा अभावको सामना गरिरहेका यात्रु र कार्गोको समस्या समाधानका लागि उक्त कदम चालिएको अधिकारीहरूले बताएका छन्।

‘हामी मध्यपूर्वको अवस्थाका कारण हाल सेवा अभावको सामना गरिरहेका गन्तव्यहरूसँग हङकङ अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्न अतिरिक्त कार्गो क्षमता तैनाथ गर्न एयरलाइन्सहरूलाई प्रोत्साहित गर्न सक्रिय रूपमा काम गरिरहेका छौँ,’ सहरका यातायात तथा रसद सचिव मेबल चानले बुधबार व्यवस्थापिका परिषद्‌मा भने।

फेब्रुअरीको अन्त्यदेखि इरानमा अमेरिका-इजरायली हमलाहरूले विश्वव्यापी इन्धनको मूल्य बढाएको छ र हवाई यातायातमा बाधा पुर्‍याएको छ। यही बाधाको बीचमा विभिन्न गन्तव्यसँग हङकङ अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्न काम भइरहेको चानले बताएका हुन्।

नागरिक उड्डयन विभागले मार्चको सुरुदेखि लगभग ८२० थप उडान आवेदनहरू स्वीकृत गरेको र झन्डै ४,१०० उडानका आवेदनहरू तीव्र रूपमा कारवाही अघि बढाएको जनाएको छ।

व्यवस्थापिका परिषद्‌मा सांसद बेन चान हानले बढ्दो इन्धन अधिभारले हङकङको हवाई कार्गो उद्योगको प्रतिस्पर्धात्मकतालाई कमजोर बनाउन सक्ने विषय उठाएपछि सचिव मेबल चानले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .