मध्य अफ्रिकामा इबोलाको प्रकोप बढ्दै गएपछि हङकङले कंगोको लागि रातो यात्रा (रेड ट्राभल) अलर्ट जारी गरेको छ। कंगो र युगान्डामा कम्तीमा १ सय ३९ जनाको मृत्यु भएको तथ्यांक आएपछि हङकङले यस्तो कदम चालेको हो।
हङकङमा अहिलेसम्म इबोलाको केस रेकर्ड गरिएको नभए तापनि संक्रामक रोगले नफैलियोस् भन्नाका खातिर पूर्वसतर्कता अपनाइएको सुरक्षा ब्युरोले जनाएको छ।
यसका साथै, स्वास्थ्य अधिकारीहरूको सल्लाहमा, ब्युरोले संक्रामक रोगहरूले गम्भीर रूपमा प्रभावित अन्य देश वा क्षेत्रहरूका लागि पनि अलर्ट जारी गरिने बताएको छ।
हङकङ र दुई प्रभावित अफ्रिकी देश कंगो र युगान्डाबिच सिधा उडान नभएको पनि अधिकारीहरूले स्पष्ट पारेका छन्।
27
Shares

प्रतिक्रिया