एआईले रोजगारी खोस्छ? चीनमा भएको एक सर्वेक्षणले यस्तो भन्छ

एआईले रोजगारी खोस्छ? चीनमा भएको एक सर्वेक्षणले यस्तो भन्छ

चीनको दक्षिणी हाइनान प्रान्तमा आयोजित व्यापार प्रदर्शनीमा आगन्तुकहरूसँग अन्तरक्रिया गर्दै एआई ह्युमनोइड रोबोट (सिन्ह्वा)


नेपालखबर
जेठ १२, २०८३ मंगलबार १५:४६, हङकङ

युनिभर्सिटी कलेज लन्डनको नयाँ सर्वेक्षणले एआईप्रति चीनका अधिकांश मानिस सकारात्मक रहेको देखाएको छ। 
 
चीनमा सर्वेक्षणमा सहभागीमध्ये १० प्रतिशत उत्तरदाताले मात्र एआईले जागिर खोज्ने गाह्रव बनाउने धारणा राखेका छन् भने एक तिहाले प्रविधिको प्रयोगले कुशलतापूर्वक काम सम्पन्न गर्न सकिने विश्वास देखाएका छन्।

सोमबार जारी गरिएको सर्वेक्षणको निष्कर्षमा, सहभागीमध्ये ९६ प्रतिशत चिनियाँले आफूहरूले काममा एआई प्रयोग गर्ने बताएका छन् भने ७९ प्रतिशतले विश्वविद्यालयका विद्यार्थीलाई एआई प्रभावकारी रूपमा प्रयोग गर्न सिकाउनुपर्ने धारणा राखेका छन्।

युनिभर्सिटी कलेज लन्डनले लन्डनस्थित परामर्शदाता पब्लिक फर्स्टसँगको सहकार्यमा चीनमा सर्वेक्षण गरेको थियो।

‘हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि एआईबारे विश्वव्यापी जुन चिन्ता छ, चिनियाँ जनतामा भने एआईले भविष्यको सिप र उच्च-मूल्यको कामलाई समर्थन गर्न सक्छ भन्ने व्यापक विश्वास छ,’ सर्वेक्षण सार्जनिक गर्ने क्रममा पब्लिक फर्स्टले भनेको छ।

फर्स्टले थप भनेको छ, ‘नयाँ सर्वेक्षणले चिनियाँ जनताले एआईलाई व्यापक रूपमा प्रयोग मात्र गरिरहेका छैनन्, काम, शिक्षा र सिपमा यसको प्रभावको बारेमा विश्वस्त पनि छन्।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .