हङकङमा बेइजिङद्वारा प्रस्तावित कानुनविरुद्ध हजारौंको प्रदर्शन, स्वतन्त्र हङकङको नारा लाग्यो

हङकङमा बेइजिङद्वारा प्रस्तावित कानुनविरुद्ध हजारौंको प्रदर्शन, स्वतन्त्र हङकङको नारा लाग्यो

नेपालखबर
जेठ ११, २०७७ आइतबार ११:१०,

प्रहरीले भीडलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको र कयौं प्रदर्शनकारीलाई हिरासतमा लिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

एक सय २० जना प्रदर्शनकारी पक्राउ परेको जनाइएको छ। कजवे बे क्षेत्रमा प्रहरीले धेरैवटा अश्रुग्यास प्रहार गर्दै पानीको फोहराले प्रदर्शनकारीलाई तित्तरबित्तर बनाएका थिए।

चीनले हङकङका लागि प्रस्ताव गरेको कानुनले राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंशमा प्रतिबन्ध लगाउनेछ।

आइतबारको प्रदर्शनका क्रममा आन्दोलनकारीले स्वतन्त्र हङकङको नारा लगाएका थिए। चीनले प्रस्ताव गरेको कानुन पारित भए हङकङमा चीन विरोधी गतिविधि गर्न पाइनेछैन।

बेइजिङको समर्थन गर्ने भनिएकी हङकङ्‌की कार्यकारी प्रमुख क्यारी ल्यामले प्रस्तावित कानुनको पूर्ण समर्थन गरेकी छन्।

यद्यपी उनले शहरको स्वतन्त्रता परिवर्तन नहुने बताएकी छन्। तर प्रदर्शनकारीले हङकङले पाएको स्वतन्त्रता गुमाउने खतरा रहेको बताउँदै आएका छन्।

हङकङमा चीनको एक देश दुई प्रणाली सिद्धान्त अन्तर्गत सरकार संचालन हुने गर्दछ।

गतवर्ष हङकङमा चीनविरुद्ध महिनौं लामो आन्दोलन भएको थियो। अपराधी चीन सुपुर्दगी हुने विधेयक संसदमा पेश भएपछि हङकङका नागरिक प्रदर्शनमा उत्रिएका थिए।

उनीहरुको एउटै भनाई थियोः सुपुर्दगी विधेयक पारित भए हङकङको स्वतन्त्रता गुम्नेछ। ठूलो आन्दोलन भएपछि उक्त विधेयक फिर्ता भइसकेको छ।

कोरोनाको प्रकोपसँगै सरकारविरुद्धको आन्दोलन स्थगित भएको थियो। यतिबेला फेरि नयाँ कानुनको विषयलाई लिएर हङकङमा प्रदर्शन सुरु भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .